Friday, April 22, 2011

धन्य अनुजा !

बुधवार,२०६८/१/७ गतेको "कान्तिपुर"दैनिक समाचारपत्रमा अनुजा बानियाले झोला बसमा पाएर,आफु बस्या ठाउँमा गएर हेर्दा ९१ लाख नेपालि रुपिया र हीराको हार भएको थाहा पायेर,तुरन्त झोलामा मालिकको अन्य कागजात हेर्दा,उस्को मोबाइल नम्बर भेट्टाएर,उ संग सम्पर्क गरेर फिर्ता गरिदिएको यौटा आश्चर्यजनक समाचार पढ्न पाउँदा धेरै खुशी लाग्यो.
यो आश्चर्य अझ बढ्यो जब पैसावालले पुरस्कारस्वरूप २ लाख दिंदापनि उनले लिनन,हीराको हार लैजान अनुरोध गर्दापनि लिन मानिनन.
लिन न मान्नुको कारण,आफ्नो मिहिनतको रकम होइन भनेर.तेत्रो ठूलो रकम फिर्ता गर्नुको कारण, अनुजाको अनुसार, कमाउनेले कति दुख गरेर कमाएको होलाको हेक्का हुनु.
२२ वर्षे,यस.एल.सी.पनि जाँचको समयमा बिरामी भएकोले दिनन पाएको अनुजाको यो काम अत्यन्त सराहनीय छ,मनन योग्य र अनुकरणीयछ.
धन्यछ अनुजालाई,उस्लाई जन्माउने आमा-बाबुलाई,र येस्तो राम्रो संस्कार दिने पारिवारिक वातावरणलाई.उस्को बा यौटा स्कूलको शीछ्यक छन्.
पैसाको लागि मारामार गर्ने यो संसारमा र झन यो नेपालमा,जहां भ्रष्टाचारको चरमरूप देखिन्छ,अनुजा जस्ता इमानदार,अरूको मिहिनत र दुख बुझ्न सक्ने विशाल हृदय भएका मानिषपनि छन भन्ने जानेर,धेरै खुशी लागेकोछ.
हिंजो कान्तिपुरका पाठकहरुले लेखेका,उनकोप्रती व्यक्त भावनात्मक विचारहरु पढ्दा,आँखा बाट आंसू झरि रहेको थियो.
रास्ट्रपतिले उनलाई फोन गरेर खुशी जाहिर गरेको समाचार पढ्दापनि धेरै खुशी लाग्यो.उनलाई यौटा विशिष्ट रास्ट्रीय पुरस्कार दिनु पर्ने हो.

2 comments:

  1. ...ऐसी खबरों का प्रकाशन जरूरी है। इसके लिए कांतिपुर के साथ आपका भी आभार। ...अनुजा को सलाम।

    ReplyDelete
  2. अतिदुखको साथमा यो लेखनु पर्यो कि माथी मैले बयान गरको कथा झूटो रहेछ.अनुजाले यो सब कथा आफ्नो झुटो प्रचारका लागि रचे की रहिछ. कान्तिपुर जस्तो प्रशिद्ध समाचार-पत्रका पत्रकारहरूलाईपनि ठगेकी रहिछ.
    काश ! यो कथा सत्य नै हुन्थ्यो.अहिले अनुजा प्रहरिको हिरासतमाछ.झन उस्को ठूलो बदनामि भएकोछ.अब कसले उ संग विवाह गर्छ होला ?

    ReplyDelete