Thursday, December 16, 2010

परिवार :समस्याहरूको जग र समाधान

मानव- परिवार विकृतीहरु को जड

आजको समाजमा अनेक किसिमका विकृतिहरु छन् र एसको कारणहो परिवारहरुको योगले निर्मित हाम्रो समाज.वीक्रितीहरुको निराकरणको लागी परिवारहरुले बनेको हाम्रो समाजको भिन्दै किसिमले संरचना बनावउनु पर्दछ.सर्वप्रथम म यो स्पस्ट गर्ने प्रयाश गर्दछु कि कसरि परिवार विकृतीहरुको कारण बनेकोछ र त्यस पछी परिवार रहित समाजको सरचना गर्ने उपायहरु लेख्ने प्रयास गर्नेछु.

मेरो विचारमा समाजमा व्याप्त थरि-थरिका विकृतीहरुको लागी परिवाररूपी सामाजिकइकाईनै जिम्मेदारछ.एसका निम्नलिखित कारणहरु छन -

१) भ्रष्टाचारको जरो ---- मानव समाजको इकाईहो परिवार ,जसमा आमा,बाबु रछोरा,छोरी हुन्छन .ठूलो परिवार भयो भने हजुराआमा ,हजुरबुवा एवं परिवार का अन्यसदश्यहरू पनी हुन् सक्छन .
यौटा समाजमा हजारौं परिवार हुन् सक्छन .विभीन्ननाता गोता हुन्छन मानव समाजमा ,जस्तै काका ,काकी ,मामा,माइजु ठूलो बुवा,स्यानो बुवा,सानिमा,ठूलीआमा ...इत्यादि .
यौटा व्यक्तिले चाहन्छ आफ्नानातेदारहरूको उन्नती होस् ,प्रगती होस.जस्कोलागी उसले सहयोग गर्दछ ,र यदि उकुनै येस्तो पदमा छ जसको शक्तीले कसैलाई केही गर्न सकिन्छ भने उसले गर्छ .
धनीमानिसछ भने उसलेपनी केही न केही गर्न चाहन्छ आफ्ना नातेदारहरुको लागी .एसकारणले उच्च पदमा रहेको मान्छे होस् वा कुनै पैसावाल ,नातेदाहरुकोलागी भ्रस्टाचारगर्नु परेपनी उस्ले गर्दछ .
यै कारणले समाजमा भ्रस्टाचार भईनै रहन्छ .
भ्रस्टाचार न गर्ने सारै सोझाहरु हुन्छन वा डराउने मानिषहरु हुन्छन .मात्र कानूनीउपायले यो समाप्त हुन् असम्भवछ. देशको नाउँमा ,मानव - प्रेमको नाउँमा भ्रस्टाचारनगरौं भनेर समस्याको समाधान हुन सक्तैन .यौटा व्यक्ति आफ्नो परिवारमा बस्छ,जहिलेपनि उ नातेदारहरु संग भेट-घाट गरि रहन्छ र उसलाई जसरी भएपनीउनीहरूका लागी केही गर्ने प्रेरणा मिलिराखेको हुन्छ. देश र मानव - प्रेमका कुराहरुहरुलेभन्दा नाता-रिस्ताहरुले उसको हृदयलाई छोई रहेका हुन्छन र उस्ले भ्रस्टाचार गर्दछ .




2) अन्धविश्वास र भ्रमहरुको केन्द्र ----

यौटा बच्चा जसरि-जसरि ठूलो हुँदै जान्छ ,पारिवारिक वातावरणमा ब्याप्त अन्धविश्वास र भ्रमहरुले उसको मन-मस्तिस्कमा जराहरु गडाउन्दै जान्छन र जबसम्म उ युवावस्थामा पुग्छ ,उ अन्धविश्वासी र भ्रमित ब्यक्ती बनि सक्या हुन्छ.सारै थोरै तेस्ता परिवार हरु होलान जहा येस्तो हुदैन.

भिन्दा-भिन्दै धर्महरुमा आधारित ईश्वरको धारणा उसमा पलाउँछ र उ सत्य को खोजीनै न गरि यौटा अन्धविश्वासमा आधारित ईश्वरको रूपको कल्पना गर्न थाल्दछ वा नास्तिक हुन् पुग्दछ.

अन्धविश्वासको कारणले उस्मा थरि-थरिका डरहरु पलाउछन र उसको स्वाभाविक विकास हुन् पाउदैन.येस कारणले प्राकृतिक रूपमा उसमा जति क्षमाताको प्रादुर्भाव उनु पर्ने थियो त्यो हुदैन.

3) जातिवाद,नश्लवाद एवं धार्मिक असहिस्नुताको कारण ----

एउटा व्यक्तिको जन्म भए पछी उसको जात,नश्ल एवं धर्म त्यै हुन् जान्छ जुन परिवारमा उसको जन्म भएको हुन्छ. जन्मे पछी उसलाई विभिन्न संस्कारहरु दिईन्छ ,परम्पराहरुमा उ आबध्धहुन्छ.जात-धर्म आदिका परम्पराहरुको कारण उ आफुलाई यौटा विशिष्ट समुदायको सदश्यको रूपमा पाउँछ.फलस्वरूप उसको हेल-मेल त्यै समुदायका व्यक्तिहरुसंग बढी मात्रामा हुने गर्दछ.कालान्तरमा उसलाई अन्य समुदायका ब्यक्तीहरुले गर्ने क्रियाकलाप आफ्नो समुदायले गर्ने क्रियाकलाप भन्दा तल्लो दर्जाका लाग्न थाल्दछ.

यही भावनात्मक तथ्यलाई राजनितीगर्नेहरुले समय-समयमा प्रयोग गरेर दुई समुदायका बिचमा वैमनस्यता उत्पन्न गराउने काम गर्दछन र हुन् सक्छ झैं-झगडा र मारकाट गराउन पनि पछी पर्दैनन.

कुनै व्यक्तिको जात उस्ले गर्ने कामको आधारमा हुनुपर्दछ र धर्म कुन परिवारमा जन्म्यो तेस्को आधारमा न भएर ,उ बालिग भए पछी उसले अपनाउने धर्मको आधारमा हुनु पर्दछ.जन्मकै आधारमा धर्म निश्च्चित हुने सामाजिक परिपाटीलाई बदलिनु पर्दछ.प्रत्येक व्यक्तिलाई उसले अपनाउने धर्म उ बालिग भएपछी मात्रै निश्चित गर्ने परिपाटी हुनु पर्दछ.
जहा सम्म नस्लको कुरा हो त्योत जन्माउने आमा-बाबुकै आधारमा निश्चित हुन्छ.तर यहाँ पनि पुराना परम्पराहरुले गर्दा विवाह सम्बन्ध एउटै जात र नस्लको बिचमा गर्ने परम्पराले गर्दा मानव समुदायलाई एक गर्ने ,मानव-मानवका बिचमा प्रेम र भाईचाराको सम्बन्धको विकास गर्ने बाटोमा तगारो हाल्ने काम गर्दछ .
दुइ भिन्दा भिन्दै नश्लका युवा-युवतीहरुको बिचमा वैवाहिक सम्बन्ध वैज्ञानिक तथ्यमा राम्रो हुन्छ ,किनकि उनीहरुका सन्तानहरुमा दुवै नश्लका राम्रा गुणहरु आउँछन (नराम्रा गुणहरु आउने सम्भावना हुदैन).पशु-पन्छी र वनस्पतीमा एसको प्रयोग गरेर उनीहरुको विकास गरिएको छ ,तर आश्चर्य ! मानिसचाहिं परम्परा अपनाउने चक्करमा आफ्नै विकासको मार्गमा तगारो बन्न पुगेको छ.
माथि उल्लिखित मानव प्रगतिका मार्गहरु परिवारको सामाजिक व्यवस्था रहुन्जेल हुने सम्भावना छैन, किनकी उनीहरु परम्परासंग येसरी जोडिएकाछन् कि तेस्को विरोधमा सुन्न र केही नया काम गर्ने आँट गर्न सक्तैनन.तसर्थ यो परिवारको सामाजिक परम्परालाई अब समाप्त गर्ने मार्गमा समाजले केही नया पाईलाहरु चाल्नु आवश्यकछ.

युवा-युवतीहरुमा असन्तोषको उत्पत्ती .....
१)जुन घरको तनावयुक्त वातावरण हुन्छ त्यहाँ युवा-युवतिहरुपनी तनाव र चिन्तामा आफ्नो अमुल्य समय बितावुन बाध्य हुन्छन .येस्तो वातावरण को अनेक कारणहरू हुन सक्छन ...जस्तै ;आमा-बाबुमाहुने झैं-झगडा (जति ठुलो ,तेतीनै नराम्रो ) र केहीमाहुने पारपाचुके ,आर्थिक कारण ,रक्शी सेवन आदि .
२)आमा-बाबुको ईछ्या अनुसार आफु बन्नु पर्ने चाप धेरै युवा-युवतीहरुले सहनु पर्छ र उनीहरुमा बाबु-आमा प्रति वितृष्णा उत्पन्न भएर उनीहरुको राम्रो विकाश हुन् पाउँदैन .
३)अनपढ बाबु-आमाको कारणले कतिपय युवा-युवतीहरुको उचित विकाश नभएर उनीहरुमा तनाव उत्पन्न हुन्छ.
४) बढी धनि परिवारमा जन्मेकाहरुले पैसाको दुरुपयोग गरेर आफ्नै जीवन बर्बाद गरिरहेका हुन्छन.

समस्या-समाधानको उपाय ---

हालको परिवारहरू द्वारा बनेको सामाजिक-संरचनामा परिवर्तन न ल्याई उपर्युक्त समस्याहरूको निराकरण गर्न सकिन्न.लाख कोशिश गरे पनि वर्तमान संरचनामा टाल-टूले नीतिले न भ्रष्टाचार रोकिन्छ ,न जात-जाति र समुदायहरू बीचमा हुने वैमनश्यता र मारकाटनै रोकिन्छ.
वर्तमान युगलेपनि सामाजिक परिवर्तनको लागी उपयुक्त वातावरणको सृजना गरि सक्याछ. यहाँ आमा-बाबु दुवै ब्यस्थहुन थालेकाछन, उनीहरूसँग बच्चाहरूको लागी समय छैन. तसर्थ समाजको यो वर्तमान परिवारको ठाउँमा ठूलो परिवारको स्थापना तिर लाग्नु पर्दछ.

ठूलो-परिवार ----

बच्चाहरू तीन वर्षका भए पछी उनीहरूको लालन-पालन एवं शिक्ष्या-दिक्ष्याको व्यवस्था ठूलो परिवारहरूको स्थापना गरेर गर्नु पर्दछ.यौटा बच्चा ३ वर्षको भएपछी उस्का आमा-बाबुले उस्लाई ठूलो परिवारमा लगेर हस्थान्तरण गर्नु पर्दछ,र त्यस पछि उनीहरूको त्यो बच्चा संग कुनैपनि व्यक्तिगत सम्बन्ध रहनु हुदैन.बच्चाको बाबु-आमाको पहिचानहुने विवरण,त्यो ठूलो परिवारबाट सदाका लागि समाप्त हुनु पर्दछ.
हालका स्कूलहरूको ठाउँमा भविष्यमा ठूला परिवारहरूको स्थापना हुनु पर्दछ.वर्तमानका स्कूलहरुजस्तै ठूला परिवारहरू को स्थापना हुनु पर्छ-सरकारी एवं ब्यक्तिगत दुवै.
बाबु-आमाहरूले सरकारी एवं व्यक्तिगत दुवै ठूला किसिमका परिवारहरूमा,जीवन-बीमामा इन्स्ताल्मेंट जमा गर्या जस्तै, दर अनुसारको रकम जमा गर्नु पर्छ.जस्ले आफ्नो बच्चालाई व्यक्तिगत या प्राइवेट ठूलो परिवारमा राख्न चाहन्छ उस्ले त्यहाँको दर अनुसारको रकम बुझाउनु पर्ने हुन्छ.
प्राइवेट ठूला परिवारहरू विभिन्न स्तरका हुने छन्,र तिनीहरूमा तिर्नु पर्ने रकमपनि फरक-फरक हुने छन्.

ठूला परिवारहरूमा बच्चाको लालन-पालन,सिक्छ्या-दिक्छ्या पूरा गरेर ससक्त र जिम्मेदार नागरिक बनाउने जिम्मेदारी समाहित हुनेछ.ठूला परिवारहरूको कर्तब्य परायाणताको लेखा-जोखा सरकारी यन्त्र द्वारा लगातार राखी राख्नु पर्नेछ.
ससक्त र जिम्मेदार नागरिक बनि सके पछि यौटा बच्चा त्यो परिवारलाई छोडेर कुनै जिम्मेदारी पूरा गर्नका लागी अन्यत्र स्थानान्तरण गर्नेछ.

उ कहाँ जान सक्छ ?
विभिन्न व्यवसायहरू अहिलेका जस्तै चली रहन्छन ;व्यापारीहरू,विभिन्न विषयका विसेषज्ञहरू,सरकारी र गैर सरकारी कर्मचारीहरू,आदिले अहिलेको जस्तै विभिन्न कार्यहरू सम्पादन गरिरहन्छन र यौटा निश्चित उमेर पुगे पछि आफ्नो सेवा बाट निवृत्त हुनेछन.रिटायर वा निवृत्त हुनु भन्दा पहिला (सरकारी कार्यहरूमा अहिले जस्तै नया कर्मचारीको नियुक्ति हुदै जान्छ ) गैर सरकारी नागरिकहरूले आफ्नो ठाउँमा पदस्थापन गर्नको लागि विज्ञापन प्रकाशित गरेर सही नागरिकलाई आफ्नो जिम्मेदारी सुम्पेर अनि रिटायर
भएर,बुजुर्ग आवासमा स्थानातरण गर्ने छन्.बच्चाहरूको लागी जस्तै,कार्यबाट निवृत्तहुने बुजुर्गहरूका लागिपनि ठूला परिवारहरूको स्थापना हुनु पर्दछ.येस्ता ठूला ,बुजुर्ग परिवारपनि विभिन्न स्तरका निर्माण गरिनुपर्छन र यिनीहरूमा बस्नका लागी,कार्य समय अवधिमा विभिन्न इन्स्ताल्मेंटहरू बुझाई राख्नु पर्नेछ.

जुन व्यक्तिलाई बच्चाहरूसंग विषेश माया हुन्छ,उनीहरूलाई बच्चाहेरूको ठूलो परिवारमा पदस्थापन गर्न सकिन्छ.एस्को लागी शिक्छ्या-दिक्छ्या प्रदान गर्ने समस्यमा विशिष्ट ट्रेनिंग हरु दिनु पर्ने हुन्छ.>

5 comments:

  1. मननयोग्य क्रान्तिकारी धारणा!

    ReplyDelete
  2. मेरो विचार मा समाज मा व्याप्त थरि-थरि का विकृती हरुको लागी परिवार रूपी सामाजिक इकाई नै जिम्मेदार छ.
    sahi kaha aapne, wastav main aaj puti duniyan main jo samajik badlav aa rahe hain usse anekon prkaar ki samajik vikritiyan bhi ssamne aa rahi hain,
    pandey ji aapke vicharon se purnth sahmat hun.

    ReplyDelete
  3. Bahut Khubsurat Abhivyakti.

    ReplyDelete
  4. naye varsh ki anek shubh kamanaye.........

    ReplyDelete
  5. आपके विचार काफी क्रांतिकारी व विचारणीय हैं। अगले अंक की प्रतिक्षा में।

    ReplyDelete