Thursday, June 10, 2010

परिवार-अनेक समस्याहरूको जग

युवा-युवतीहरुमा असन्तोषको उत्पत्ती .....
१)जुन घरको तनावयुक्त वातावरण हुन्छ त्यहाँ युवा-युवतिहरुपनी तनाव र चिन्तामा आफ्नो अमुल्य समय बितावुन बाध्य हुन्छन .येस्तो वातावरण को अनेक कारणहरू हुन सक्छन ...जस्तै ;आमा-बाबुमाहुने झैं-झगडा (जति ठुलो ,तेतीनै नराम्रो ) र केहीमाहुने पारपाचुके ,आर्थिक कारण ,रक्शी सेवन आदि .
२)आमा-बाबुको ईछ्या अनुसार आफु बन्नु पर्ने चाप धेरै युवा-युवतीहरुले सहनु पर्छ र उनीहरुमा बाबु-आमा प्रति वितृष्णा उत्पन्न भएर उनीहरुको राम्रो विकाश हुन् पाउँदैन .
३)अनपढ बाबु-आमाको कारणले कतिपय युवा-युवतीहरुको उचित विकाश नभएर उनीहरुमा तनाव उत्पन्न हुन्छ.
४) बढी धनि परिवारमा जन्मेकाहरुले पैसाको दुरुपयोग गरेर आफ्नै जीवन बर्बाद गरिरहेका हुन्छन.



समस्या-समाधानको उपाय ---

हालको परिवारहरू द्वारा बनेको सामाजिक-संरचनामा परिवर्तन न ल्याई उपर्युक्त समस्याहरूको निराकरण गर्न सकिन्न.लाख कोशिश गरे पनि वर्तमान संरचनामा टाल-टूले नीतिले न भ्रष्टाचार रोकिन्छ ,न जात-जाति र समुदायहरू बीचमा हुने वैमनश्यता र मारकाटनै रोकिन्छ.
वर्तमान युगलेपनि सामाजिक परिवर्तनको लागी उपयुक्त वातावरणको सृजना गरि सक्याछ. यहाँ आमा-बाबु दुवै ब्यस्थहुन थालेकाछन, उनीहरूसँग बच्चाहरूको लागी समय छैन. तसर्थ समाजको यो वर्तमान परिवारको ठाउँमा ठूलो परिवारको स्थापना तिर लाग्नु पर्दछ.

ठूलो-परिवार ----

बच्चाहरू तीन वर्षका भए पछी उनीहरूको लालन-पालन एवं शिक्ष्या-दिक्ष्याको व्यवस्था ठूलो परिवारहरूको स्थापना गरेर गर्नु पर्दछ.यौटा बच्चा ३ वर्षको भएपछी उस्का आमा-बाबुले उस्लाई ठूलो परिवारमा लगेर हस्थान्तरण गर्नु पर्दछ,र त्यस पछि उनीहरूको त्यो बच्चा संग कुनैपनि व्यक्तिगत सम्बन्ध रहनु हुदैन.बच्चाको बाबु-आमाको पहिचानहुने विवरण,त्यो ठूलो परिवारबाट सदाका लागि समाप्त हुनु पर्दछ.
हालका स्कूलहरूको ठाउँमा भविष्यमा ठूला परिवारहरूको स्थापना हुनु पर्दछ.वर्तमानका स्कूलहरुजस्तै ठूला परिवारहरू को स्थापना हुनु पर्छ-सरकारी एवं ब्यक्तिगत दुवै.
बाबु-आमाहरूले सरकारी एवं व्यक्तिगत दुवै ठूला किसिमका परिवारहरूमा,जीवन-बीमामा इन्स्ताल्मेंट जमा गर्या जस्तै, दर अनुसारको रकम जमा गर्नु पर्छ.जस्ले आफ्नो बच्चालाई व्यक्तिगत या प्राइवेट ठूलो परिवारमा राख्न चाहन्छ उस्ले त्यहाँको दर अनुसारको रकम बुझाउनु पर्ने हुन्छ.
प्राइवेट ठूला परिवारहरू विभिन्न किसिमका हुने छन्,र तिनीहरूमा तिर्नु पर्ने रकमपनि फरक-फरक हुने छन्.


0 comments:

Post a Comment