Tuesday, April 27, 2010

मानव - परिवार :विकृतिहरुको जरो

२) जातिवाद,नश्लवाद एवं धार्मिक असहिस्नुताको कारण ----

एउटा व्यक्तिको जन्म भए पछी उसको जात,नश्ल एवं धर्म त्यै हुन् जान्छ जुन परिवारमा उसको जन्म भएको हुन्छ. जन्मे पछी उसलाई विभिन्न संस्कारहरु दिईन्छ ,परम्पराहरुमा उ आबध्धहुन्छ.जात-धर्म आदिका परम्पराहरुको कारण उ आफुलाई यौटा विशिष्ट समुदायको सदश्यको रूपमा पाउँछ.फलस्वरूप उसको हेल-मेल त्यै समुदायका व्यक्तिहरुसंग बढी मात्रामा हुने गर्दछ.कालान्तरमा उसलाई अन्य समुदायका ब्यक्तीहरुले गर्ने क्रियाकलाप आफ्नो समुदायले गर्ने क्रियाकलाप भन्दा तल्लो दर्जाका लाग्न थाल्दछ.

यही भावनात्मक तथ्यलाई राजनितीगर्नेहरुले समय-समयमा प्रयोग गरेर दुई समुदायका बिचमा वैमनस्यता उत्पन्न गराउने काम गर्दछन र हुन् सक्छ झैं-झगडा र मारकाट गराउन पनि पछी पर्दैनन.

कुनै व्यक्तिको जात उस्ले गर्ने कामको आधारमा हुनुपर्दछ र धर्म कुन परिवारमा जन्म्यो तेस्को आधारमा न भएर ,उ बालिग भए पछी उसले अपनाउने धर्मको आधारमा हुनु पर्दछ.जन्मकै आधारमा धर्म निश्च्चित हुने सामाजिक परिपाटीलाई बदलिनु पर्दछ.प्रत्येक व्यक्तिलाई उसले अपनाउने धर्म उ बालिग भएपछी मात्रै निश्चित गर्ने परिपाटी हुनु पर्दछ.
जहा सम्म नस्लको कुरा हो त्योत जन्माउने आमा-बाबुकै आधारमा निश्चित हुन्छ.तर यहाँ पनि पुराना परम्पराहरुले गर्दा विवाह सम्बन्ध एउटै जात र नस्लको बिचमा गर्ने परम्पराले गर्दा मानव समुदायलाई एक गर्ने ,मानव-मानवका बिचमा प्रेम र भाईचाराको सम्बन्धको विकास गर्ने बाटोमा तगारो हाल्ने काम गर्दछ .
दुइ भिन्दा भिन्दै नश्लका युवा-युवतीहरुको बिचमा वैवाहिक सम्बन्ध वैज्ञानिक तथ्यमा राम्रो हुन्छ ,किनकि उनीहरुका सन्तानहरुमा दुवै नश्लका राम्रा गुणहरु आउँछन (नराम्रा गुणहरु आउने सम्भावना हुदैन).पशु-पन्छी र वनस्पतीमा एसको प्रयोग गरेर उनीहरुको विकास गरिएको छ ,तर आश्चर्य ! मानिसचाहिं परम्परा अपनाउने चक्करमा आफ्नै विकासको मार्गमा तगारो बन्न पुगेको छ.
माथि उल्लिखित मानव प्रगतिका मार्गहरु परिवारको सामाजिक व्यवस्था रहुन्जेल हुने सम्भावना छैन, किनकी उनीहरु परम्परासंग येसरी जोडिएकाछन् कि तेस्को विरोधमा सुन्न र केही नया काम गर्ने आँट गर्न सक्तैनन.तसर्थ यो परिवारको सामाजिक परम्परालाई अब समाप्त गर्ने मार्गमा समाजले केही नया पाईलाहरु चाल्नु आवश्यकछ.

1 comments:

  1. सरको कुरा मन प-यो। पूरा सहमति छ मेरो।

    ReplyDelete