Tuesday, April 20, 2010

मानव- परिवार विकृतीहरु को जड

आजको समाजमा अनेक किसिमका विकृतिहरु छन् र एसको कारणहो परिवारहरुको योगले निर्मित हाम्रो समाज.वीक्रितीहरुको निराकरणको लागी परिवारहरुले बनेको हाम्रो समाजको भिन्दै किसिमले संरचना बनावउनु पर्दछ.सर्वप्रथम म यो स्पस्ट गर्ने प्रयाश गर्दछु कि कसरि परिवार विकृतीहरुको कारण बनेकोछ र त्यस पछी परिवार रहित समाजको सरचना गर्ने उपायहरु लेख्ने प्रयास गर्नेछु.
मेरो
विचारमा समाजमा व्याप्त थरि-थरिका विकृतीहरुको लागी परिवाररूपी सामाजिक इकाईनै जिम्मेदारछ.एसका निम्नलिखित कारणहरु छन -
) भ्रष्टाचारको जरो ---- मानव समाजको इकाईहो परिवार ,जसमा आमा,बाबु छोरा,छोरी हुन्छन .ठूलो परिवार भयो भने हजुराआमा ,हजुरबुवा एवं परिवार का अन्य सदश्यहरू पनी हुन् सक्छन .यौटा समाजमा हजारौं परिवार हुन् सक्छन .विभीन्न नाता गोता हुन्छन मानव समाजमा ,जस्तै काका ,काकी ,मामा,माइजु ठूलो बुवा ,स्यानो बुवा,सानिमा,ठूलीआमा ...इत्यादि .यौटा व्यक्तिले चाहन्छ आफ्ना नातेदारहरूको उन्नती होस् ,प्रगती होस.जस्कोलागी उसले सहयोग गर्दछ , यदि कुनै येस्तो पदमा जसको शक्तीले कसैलाई केही गर्न सकिन्छ भने उसले गर्छ .धनी मानिसछ भने उसलेपनी केही केही गर्न चाहन्छ आफ्ना नातेदारहरुको लागी .एस कारणले उच्च पदमा रहेको मान्छे होस् वा कुनै पैसावाल ,नातेदाहरुकोलागी भ्रस्टाचार गर्नु परेपनी उस्ले गर्दछ .यै कारणले समाजमा भ्रस्टाचार भईनै रहन्छ .
भ्रस्टाचार गर्ने सारै सोझाहरु हुन्छन वा डराउने मानिषहरु हुन्छन .मात्र कानूनी उपायले यो समाप्त हुन् असम्भवछ. देशको नाउँमा ,मानव - प्रेमको नाउँमा भ्रस्टाचार नगरौं भनेर समस्याको समाधान हुन सक्तैन .यौटा व्यक्ति आफ्नो परिवारमा बस्छ ,जहिलेपनि नातेदारहरु संग भेट-घाट गरि रहन्छ उसलाई जसरी भएपनी उनीहरूका लागी केही गर्ने प्रेरणा मिलिराखेको हुन्छ. देश मानव - प्रेमका कुराहरुहरुले भन्दा नाता-रिस्ताहरुले उसको हृदयलाई छोई रहेका हुन्छन उस्ले भ्रस्टाचार गर्दछ .

4 comments:

  1. कुरो त ठिक हो सर तर परिवारलाई विष्थापन गर्न सक्ने यो भन्दा दिगो र सफल ईकाई बनाउन अझै सकेको छैन मान्छेले।
    अर्कोतिर, यी यावत विकृतिहरुका लागि परिवार त निमित्त मात्रै हो भन्ने हिसाबले पनि हेर्न सकिन्छ। मूल कुरो सम्बन्धित ब्यक्तिको चेतनास्तरको हो र उसलाई दबाब दिने समग्र समाजिक सञ्जालकै चेतनास्तरको हो। अर्को प्रमुख कुरो चाहिँ समाज/देशको कानूनी स्थिति हो। कानून सबैका लागि बराबरी छ र भ्रष्टाचारलाई निरुत्साहित गर्ने छ भने हामीले परिवारलाई, सम्बन्धलाई दोषी देखाउने स्थिति आउनेछैन। सरले भन्नुभएजस्तै कानून मात्रैले यो समाधान हुन सक्दैन, कानूनी राज्यको सफल कार्यान्वयन र सामाजिक चेतनामा अभिबृद्धि दुबै आवश्यक छ।

    ReplyDelete
  2. बसंतजीलाई धन्यवाद आफ्नो मुल्यवान विचारको लागी.
    कानुनले मात्रै सम्भव छैन भन्नुको अर्थनै येस्तो कानुनको कार्यान्वयन गर्न सकिन्न भन्नुहो.नाता-गोताहरुका कारणले कानुन कार्यान्वयन गर्ने निकायमा रहेका अधिकारिहरुलेनै भ्रस्टाचार गर्दछन.यो स्वाभाविक्पनि हुन्छ ,किनकि उसका नातेदारहरूको भलाई हुन्छ.
    परिवार भन्दा राम्रो इकाई बनाउनु पर्दछ र त्यै उद्दश्यले मैले लेखी राखेको छु.कतिदिनमा यो लेख पुरा हुन्छ मा भन्न सक्तिन तर एक-दुइ महिनामै पुरा हुन्छ .तर यौटा लेखमा २०० शब्द भन्दा बढी हुनु हुदैन गूगलले भने पछी ,मैले भिन्दा भिन्दै लेखको रूपमा यौटै लेख lekhnu parekochh.

    ReplyDelete
  3. "एउटा लेखमा २०० शब्द भन्दा बढी हुनु हुँदैन---" यसको अर्थ मैले बुझिन। पहिलोपटक पढ्दैछु म। मैले त एकदम लामा-लामा लेख लेखेको छु ब्लगमा, यस्तो थाहा भएन।

    ReplyDelete
  4. त्यै त ,मैले पनि पहिला एन्ग्लिश्मा लामो लेख राखी सक्याछु (तपाइंले त्यो पढ्नुभएको छैन).तर यो लेख लेख्दा तेस्तै आएको थियो.

    ReplyDelete