Monday, January 30, 2012

रंजन कोइराला : पुरानो पशु प्रवृत्तिको प्रतीक

डी.आइ.जी.रंजन कोइरालाले आफ्नो पत्नीको हत्या गरेर जलाएको र पछि होश हरायेर शंकाष्पद ब्यवहार गर्नाले समातियेको तथ्यमा विचार गर्दा मेरो मनमा २ बुंदाहरू आइ रहेका छन्.
१) उ यौटा पुरानो पशु प्रवित्तिको प्रतीक हो.पुरुषले जे पनि गरे हुन्छ,जति संगपनि काम-क्रिडा गरे हुन्छ,तर महिलाले घर मै बस्नु पर्छ,र पतिलाई परमेश्वर मानेर उस्को प्रत्येक हुकुम मान्नु पर्छ भन्ने मान्यता बोकेको पशु-सरहको पुरुष.
आफुले १६-१६ महिलाहरू संग काम-क्रिडा गर्थ्यो तर आफ्नी श्रीमतीलाई बाहिर काम गर्न जान दिदैन थियो.कृषि बिकास बैंकको अधिकृत जस्तो सम्माननीय पदमा नियुक्ति पाउदापनि उस्ले उस्लाई घरमै बस्न लगायो.अगाडी मास्टर गर्छु भन्दा पनि उस्ले पढ्न दियेन.आफू बेग्ला-बेग्लै केटीहरू संग लसपस गरी रह्यो.राती २-३ बजे घर आउँदै श्रीमतीलाइ पिट्दै गर्यो.
पढे लेखेकी गीताले छोराहरूको लागी यस्तो दुर्व्यवहारपनि कसरि सहेर बसिन,यो अचम्मको तथ्य छ.बाबुपनि वायुशेवानिगमको निर्देषक जस्तो उच्च पदमा पुगेको व्यक्ति ले आफ्नी मायालू छोरीको यो दुर्गति कसरि सहेर बस्यो ? गीताको आमाले,उस्को २ छोराहरूको मायाले सबै दुख सहेर बसेको भन्दा मलाइ ठीक लागेंन.तर,हुनसक्छ पछी सबै ठीक होला भन्दै सबै दुख सहेर गीता बसिन होला,छोराहरू छिटै-छिटै भई हाले.
यो रंजन कोइराला पुरानो मान्यता बोकेको पशुसरह पुरुषनै हो.पुरुषले महिलालाई नोकर्नी बनाएर राख्नु पर्छ भन्ने मान्यता पुरानो मान्यताहो,तर हालपनि येस्ता पुरुषहरू छंदै छन्.

२) रंजनले क्रिमिनल साइकोलोजीमा मास्टर गर्या थियो.तर अचम्म ! उस्ले आफ्नै बुढीको हत्या गर्यो र समातियोपनि.उ त सारैनै मुर्खपनि रहेछ.हत्या गर्ने यौटा राम्रो तरिकापनि उस्ले बनाउन सकेन.हत्या गरेर लासलाइ अन्यत्र लगेर पेट्रोल हालेर जलायो,अनि केही सबूत छुट्योकि भनेर,फर्केर आयेर शंकाश्पद ब्यवहार गरेर समातियो.उ आफू पूरा होषमा भयेकोभये गाउलोले उस्लाई केर-कार गर्ने नै थियेन.
क्रिमिनल साइकोलोजी गरेको कामै लागेंन.कमसेकम उस्ले आफ्नो ब्यवहार त शान्त-सभ्रान्त मानिषसरह बनाउनु सक्नु पर्ने थियो.जति सुकै पढेपनि क्रिमिनल को मनोविज्ञानमा अन्तर आउन न सक्ने रहेछ अथवा रंजन ठूलो मुर्ख भयेकोले तेस्तो हुन् गयेको हो ? यो यौटा अनुत्तरित प्रश्न छ.

Saturday, December 24, 2011

जीवन एक रहष्य हो, पजेल होइन......(४)

सालमन या सामन माछा

यो माछा कस्तो अचम्मको हुन्छ ! नदीमा जन्मिन्छ र केही समय त्यहीं रमाउँछ .
केही समय पछि यो समुद्रमा जान्छ र ४-५ वर्ष त्यहीं बस्छ ,जवान हुन्छ.आनन्दले समुद्र मा बस्ता-बस्तै
यो फेरी आफू जन्मेको नदीमा आउँछ.समुद्र बाट नदीमा सैकडौं किलोमीटर,माथि-माथि आउँछ र आफू जन्मेको ठाउँमा
आएर मादाले अण्डा र नरले विर्य दिन्छन र निषेचित अण्डाहरूलाई त्यै नदीको पीदमा,ढुंगाहरूको आडमा छोडी दिन्छन.,जसबाट
केही समय पछि माछा जन्मिन्छ.

५-६ महिना त्यै नदीमा रमाएर,ई बच्चाहरू समुद्रमा जान्छन,,त्यहीं साना-साना माछाहरू खाएर हुर्कन्छन ,जवान हुन्छन र ४-५ वर्षपछी फेरी अण्डा दिन
आफू जन्मेको नदीमा आई पुग्छन.
अर्को अचम्मको तथ्य के हो भने,अण्डा दी सकेपछी नर,एवं मादा दुवै मर्छन.
नदी भित्र आउँदा ,बाटोमा अनेक जीवहरूको इनिहरू भोजनपनि बन्छन.मरेपछि चराहरूलेपनि इनिहरूलाई खान्छन,इनिहरूको खाएर बचेको अंश
त्यहीं माटोमा मिल्छ र माटोलाई उर्वरा बनाउँछ.

Tuesday, December 13, 2011

जीवन एक रहष्य हो, पजेल होइन......(३)

रहष्यमय अन्तरिक्ष ............
शनि ग्रहका थुप्रै उपग्रहहरुछन्,र त्येस मध्ये टाइटन उपग्रहमा मिथेन ग्यासका नदीहरू बग्छन,मिथेन ग्यास कै बर्खा हुन्छ रे ! कस्तो अचम्म ! पृथ्वीमा मानिषलाई ग्यास पाउन कति गाह्रोछ,यो ग्यास न भई खाना पकाउन सकिन्न,तर त्यहाँ यै ग्यासको नदि बग्छ रे.त्यहाँबाट ल्याउन पाये ग्यास कति सस्तो हुन्त्यो होला.तर ल्याउन सकिएपनि अति खर्च लाग्छ.
रातमा आकासलाई हेर्दा असख्य ताराहरू देखिन्छन,र तिनीहरु यक-आर्का संग धेरै नजिक-नजिकपनि लाग्छन.तर वास्तवमा सबै एक-आर्का संग अनेक प्रकाशवर्ष टाढा छन.पृथ्वी बाट सब भन्दा नजिकको तारा ४ प्रकाशवर्ष टाढा छ. १ प्रकाशवर्ष भनेको त्यहाँबाट आउने किरणलाई यहाँ सम्म आइपुग्न १ वर्ष लाग्ने दूरीलाई भनिन्छ.सुर्यबाट पृथ्वी सम्म किरणलाई आउन ८ मिनट लाग्छ,जुन 299,792 किलोमीटर प्रति सेकेन्ड को गतिमा आउँछ, तसर्थ सुर्य पृथ्वीबाट करोडौं किलोमीटर टाढाछ, सब भन्दा नजिकको तारापनि कति टाढा छ त !
यो अनन्त ब्रह्माण्डमा असख्यं तारा,ग्रह उपग्रहहरू घुमीपनि राख्याछन र कुनै न कुनै केन्द्रको परिक्रमापनि गरि राख्याछन.सबै आ-आफ्नै ठाउँमा,आ-आफ्नै बाटामा रही घुम्ने र परिक्रमा गर्ने गरि रहन्छन.यो सब सोच्दा कस्तो अचम्म लाग्छ.गुरुत्वाकर्षणको शक्तिले सबै को ठाउँ र बाटो निश्चित र सन्तुलित गरेर राख्छ रे.
तर ताराको पनि आयु हुन्छ,सबै ताराहरूको उर्जा उत्पन्न हुने प्रक्रिया एक दिन रोकिन्छ र ताराको विघटन हुन्छ.विघटन हुँदा कुनै तारा ब्लैकहोल बन्न सक्छ रे. ब्लैकहोल भनेको अत्यन्त बढी गुरुत्वाकर्षण भएको यौटा केन्द्र हो,जसमा येती बढी गुरुत्वाकर्षणहुन्छ कि त्येसबाट किरणपनि बाहिर आउन सक्तैन,किरणलाईपनि गुरुत्वाकर्षणले तान्छ. येस्तो ब्लैकहोलको नजिक केहीपनि पुग्यो भने तानिएर त्यै केन्द्रमा हराउँछ.हाम्रो पृथ्वीपनि कुनै तेस्तो केन्द्र नजिक पुग्यो भने तेसैमा बिलाउँछ,सारा सौर्य-मण्डलनै बिलाउँछ.येस्तो हुने सम्भावनापनि छ रे.
अरबौं ताराहरूको यौटा समूहलाई आकासगङ्गा भन्दछन र तेसमा भएका सबै ताराहरू ले त्यै आकासगङ्गाको केन्द्रको परिक्रमा गर्छन. येस्ता आकाशगंगाहरू पनि अरबौंको सख्यामा हुन्छन र प्रत्येक आकासगङ्गाले पनि कुनै केन्द्र को परिक्रमा गर्छ.
प्रत्येक आकासगङ्गामा अनेक ब्लैकहोलहरू हुन्छन रे,र हाम्रो सौर्यमण्डलले , जुन केन्द्रको परिक्रमा गरिराख्याछ, त्यो केन्द्र ब्लैकहोलको नजिक पुग्न सक्छ. येस्तो भयो भने सम्पूर्ण सौर्यमण्डलनै तानिएर विलुप्त हुन् सक्छ. येस्तो घटना भयो भने कसैले केही गर्न सक्तैन. हामि त्यहि ब्लैकहोलमा विलुप्त हुन्छौं.

Thursday, November 17, 2011

जीवन एक रहष्य हो, पजेल होइन......(२)

यो कस्तो कीरा हो !........
सीकाडा नामक कीराहरू हुन्छन, जुन केही देशहरूमा पाइन्छन. इनका धेरै जातहरू हुन्छन, ती मध्ये यौटा जात, जुन अमेरिकामा पाइन्छ सारै नै अनौठो हुन्छ. यो कीरा १२ वर्ष सम्म जमीन मुनि सुसुप्त अवस्थामा लुकेर बसी राख्या हुन्छ र तेरौँ वर्षमा, गर्मीको समयमा, लाखौँको संख्यामा माथि आउँछ. यै यौटा अनूकूल मौसममा ई कीराहरूले खूब खान्छन र अण्डा दिन्छन. अण्डाबाट लार्वाहरू निस्केर माटोमुनि गयेर गहिराईमा १२ वर्ष सम्म बसी राख्छन र फेरी तेरौँ वर्षमा बाहिर निस्कन्छन. १२ वर्षको समय बितेको इनीहरूले कसरि चाल पाउछन ! कस्तो अचम्म !
कुक्कुरको सुघ्नेशक्ति
कसैको कुनै लुगा या अरू कुनै कुरा सुंघेर, त्यो मानिष जति टाढा गयेपनि उसलाई पछ्याउँदै गयेर फेला पार्ने कुक्कुरको शक्तिलाई हामी सजिलै लिंछों. तर यो कति आश्चर्यको कुरा हो.कसैको गंध कुनै ठाउँ बाट उ अहिले भएको ठाऊँ सम्म लगातार फैलिएकोत हुदैन होलानि. मानिष पहिला भएको ठाउबाट धेरै टाढा गई सकेपनि उसलाई कसरि समात्न, पुग्छ कुक्कुरले ?

Friday, September 9, 2011

जीवन एक रहष्य हो, पजेल होइन......(1)

कस्तो अचम्मको यो विशाल,असीम अस्तित्व छ.जति येस्मा डुब्यो झन-झन गहिराईमा पुगिन्छ.एस्को कुनै अन्त पाउन सकिन्न.
पानिलाइ नै ल्युं, जीवनको लागी न भई न हुने पानी अरू सबै तरल पदार्थहरू भन्दा बिल्कुलै छुट्टैछ.यो चीसो हुँदै जाँदा ४ डिग्री सेल्सिअस सम्म येस्को आयतन घट्दै जान्छ र भारि भयेर तल पींद तिर जान्छ, तर ४ डिग्री भन्दा बढी चीसो हुँदा येस्को आयतन बढ्न थाल्छ, हलुका हुन् जान्छ र माथि सतहमा आउँछ.
यै भयेर पानि जहिले पनि सतहबाट जम्छ र तल-तल जम्दै जान्छ. पींदमा सबै भन्दा अन्तमा जम्छ.येस्तो भएकोले ध्रुबको नजिकका क्षेत्रहरूमा ठूला-ठूला ताल र समुद्रको माथी सतहमा पानि जमेको भयेपनि तल तरल अवस्थामा नै हुन्छ र त्यहाँ माछा र अन्य पानीका जीवहरू जीवितै हुन्छन.यस्तो न भएको भये त्यहाँको जीवनको रुप नै अर्कै हुन्थ्यो. चीसो क्षेत्रमा बस्ने कतिपय जीबहरू हुने नै थियेनन.

यौटा पुतलीको जातछ, जो लाखौँको सख्यामा हजारौं किलोमिटरको स्थानान्तरण गर्दछ.कनाडामा गर्मीभरि खूब आनन्दले ईनिहरू आफ्नो जीवनको आनन्द लिन्छन,तर जाडो आउँन थालेपछि, जब हावा चीसो हुन् थाल्छ यी पुतलीहरू म्याक्सिकोतिर बिस्तारै-बिस्तारै प्रस्थान गर्दछन. अमेरिकाका थुप्रै राज्यहरूमा उड्दै, त्यहाँ का थरि-थरिका फूलहरूको रस चुस्दै, जाडोमा ई म्याक्सिको आइ पुग्छन. त्यहाँ इनिहरूले अण्डा दिन्छन र नयाँ बच्चाहरू जन्मिन्छन. ई बच्चाहरू, जब गर्मी आउँन थाल्छ, फेरी कनाडा तिर प्रस्थान गर्छन. ती बच्चाहरूलाई कसरि थाहा हुन्छ होला कि गर्मीमा,हजारौं किलोमीटर उत्तरमा रहेको कनाडामा राम्रो, उनीहरूलाई चाहिने वातावरण हुन्छ भन्ने तथ्य ? यति स्याना जीबहरूले कसरि हजारौं किलोमीटरको बाटो ठम्याएर त्यहाँ पुग्छन ? कस्तो आश्चर्य हो यो !

कस्तो रहष्यमयछ यो जीवन ! यै रहष्यमा डुब्दै जानुछ.जीवन यौटा रहष्य हो,पजेल होइन जसलाई बुझ्न सकियोस.

Wednesday, August 24, 2011

युनीक व्यक्ति .....

यौटा साथी छ कुमार जी.सी.जो अचम्मको मानिष हो.उ कहिले कहाँ हुन्छ,कसैले निश्चितरूपले भन्न सक्तैन.घरबाट यौटा सामान किन्न हिडेको मानिषले केही दिन पछि इलामबाट फोन गर्छ "म इलाम आयेको छु,केही साथीहरूसँग" र एक महिनापछि मात्रै घर फर्कन्छ.येस्तैछ अचम्मको उस्को जीवन.
केही समय पहिला उ ठूलो दाढीवाल थियो र उस्को अनुहार राम्रो भएकोले र ध्यान गर्ने उस्को बानी हुनाले उ धेरै राम्रो साधुपुरुष देखिन्थ्यो.मैले उस्लाई भन्थेंपनि "कहीँ तपाईं साधूरूपमा गएर रूखको तल बस्नुभयोभने अरूले कहीँ बाट ठूलो,सत्यको गहिराईमा पुगेको भन्ठानेर मान-सम्मान गर्न शुरु गर्नेछन".
उ धेरैजसो,भेटहुनासाथ खित्का छोडेर हाँस्ने गर्थ्यो,तर अस्काल तेसरी हाँस्न छोडेकोछ.उस्ले अलि अरू जस्तै व्यवहार गर्न थालेको छ.
ध्यानमा उस्लाई कुनै समयमा येस्तो रुचि थियो कि उ काठमान्डुको ग्वार्को देखि ओशो तपोवन सम्म हिंडेर ब्याहन ६ बजेको डाइनामिक ध्यान गर्न पुग्थ्यो.यो लगभग १५ कीलोमीटर को दूरी हो.उ राति २ बजे नै हिड्न शुरु गर्थ्यो र तपोवन सम्म ठीक समयमा पुग्थ्यो.फेरी हिंडेरनै ग्वार्को फर्किन्थ्यो जहां उस्ले काम पाएको थियो.येसरी हिंड्नु पर्ने कारण उ संग पैसा को कमी हुनु थियो.ध्यान संग कस्तो प्रेम !

उस्को बारेमा मलाई केही कम नै थाहाछ.पछि अरू केही कुरा लेख्नेछु.

Wednesday, July 20, 2011

अनिवार्य ड्रेसको सम्बन्धमा ....

हालसाल कर्मचारीहरूलाई सावन महिनाबाट ड्रेस अनिवार्य गरियाछ.यस्कोलागी सरकारले ७५०० रू.पनि दियाछ.यस्को समर्थनमा जता-तेतैबाट आवाजहरू आयेको सुनिन्छ.समर्थनमा निम्न बुँदाहरू उल्लेखनीय छन् -
१) कर्मचारी जहां गएपनि चिनिछन र कामनगरेर येता-उता लागेको अरूलेपनि देख्ने र लाज हुनेहुनाले उनीहरु ओफिसमै बस्नु पर्ने हुन्छ र काम गर्नु पर्ने हुन्छ.
यो सुनेर मलाई सारै अचम्म लाग्यो.कर्मचारीहरूलेपनि यो बुँदाको समर्थन गर्या छन्.काम न गरेर बस्नु भनेकै ईमान्दारनहुनुहो.आफूले जुन कामको जिम्मेदारी पायेकोछ मानिषले त्यो काम राम्ररि सम्पादन गर्नु नै पर्छ.अरूले काम नगरेको देखेर चिनियेर लाज हुने र काम गर्नु पर्ने हुनु भनेको सारै बेठिक कुराहो.तेस्तो मानिशले अन्य बहानाहरू गरेरपनि काम न गर्न सक्छ.
जहां अनेक युवाहरू काम न पाई बेरोजगार भएर बसेका छन वा विदेश गयेकाछन दुख गर्दै,त्यहाँ जिम्मेदारी पायेरपनि काम न गर्नु भनेकै लाज मर्ने कुराहो.
जुन ईमान्दार कर्म्रचारीहरूछन उनिहरूलाई येस्तो सुन्दा अपमानित भएको अनुभूति हुन्छ.
२) सेवाग्राही जनताले सजिलै चिन्छन र उनीहरूलाई सजिलो हुन्छ रे.चिनाउनकै लागी माथि देखि तल सम्मको ड्रेस लाउनु पर्छ र ? शर्टको देब्रेतिर अलि ठूलो बैच या अन्य कुनै चिन्ह लगाउन थाले भै हाल्यो.बटम लगाउने प्वालमा फूल न राखेर कुनै प्लास्टिककै चिन्ह निश्चित गरेर राख्न थाले भै हाल्यो.येसको प्रछार गरे छिटै सबैले थाहा पाई हाल्छन.
३) पिउन देखि सचिवसम्म सबैको यौटै रंग को ड्रेस हुँदा समानता आउंछ र धनीहरूले महँगो ड्रेस लाउनाले गरीबहरूलाई हीनता बोध हुन्छ रे .को धनिछ को गरीब,यो त संगै काम गर्नेले थाहा पाएकै हुन्छन.आफू गरीब भएर हीनताबोध हुन्छ भने र कुनै उपाय छ भने त्यो उपाय गरेर पैसा कमाउनु पर्ने हुन्छ. तर मेरो विचारमा हीनताबोध गर्नु भनेको अरू को इर्ष्या गर्नु हो.आफ्नो प्रगति गर्ने तिर सबैले लाग्नु पर्छ,तर अरूको देखेर इर्श्या गर्नु ठीक होइन.धनी भएर मात्रै कसैको प्रगति भएको भन्नु पनि समझदारीको कुरा होइन.प्रगति अनेक किसिमका हुन्छन,तेता यहाँ न जाउँ.
पिउन देखि सचिव सम्म समानता हुदै हुदैन.आफ्नो काबिलियत द्वारा नै कोहि पिउन हुन्छ र कोही सचिव हुन्छ.यौटै ड्रेस लगाउँदैमा पिउनले आफूलाई सचिव सरह भन्ठानछन भने,यो त यौटा ठट्यौली गर्या जस्तो हुन्छ.

उपर्युक्त तथ्यहरूमा विचार गर्दा अनिवार्य द्रेस्सको मलाईत कुनै औचित्य लाग्दैन.
बरू अनिवार्य ड्रेसको विरोध गर्नु पर्ने केही कारणहरू छन.
१) रंगको प्रभाव - विभिन्न मानिषलाई भिन्न-भिन्न रंगको भिन्दा-भिन्दै प्रभाव पर्छ.कसैलाई कुनै रंगको ड्रेस लाउन मन लाग्छ भने कसैको रोजाईमा आर्कै रंग हुन्छ.ज्योतिषीहरू ले पनि कसैलाई कुनै र कसैलाई कुनै अर्कै रंगको ड्रेस लगाउन भन्छन.
ज्योतिषीको कुरा न मानेपनि मनोवैज्ञानिकहरूले पनि मानिषमा रंगको प्रभाव पर्छ भन्छन.
तसर्थ सबैले यौटै रंगको ड्रेस लगाउनु पर्ने बाध्यता बिल्कुल गलत कुरा हो.
२) मौसमको अनुसार ड्रेस लगाउन पाउनु पर्छ.कसैलाई गर्मी मा सबै हाथ छोप्ने लाम बाउले शर्ट लगाउन किन बाध्य पार्ने ? यो त सरासर बुद्धि खुस्केको कुरा जस्तो लाग्छ.
अझ हाम्रो देशको बर्खा याममा हाफपैन्ट लायेर ओफिस जान पाये झन राम्रो हुन्थ्यो.पानी पर्दा पैन्ट सबै तल भिजिसक्या हुन्छ र न सुकुनजाल अफ्ट्यारो लागी रहन्छ.
ब्रिटिशहरूले भारतमा आयेर फुलपैन्ट लाउने चलन ल्यायेका हुन र भारतकै नकल गरेर यहाँपनि येस्तो चलन आयेकोछ.पानिपर्दा हफपैन्ट लायेर हिंड्दा अरूले तेती राम्रो मान्दैनन.यो नकलको चलनले गर्दा भयेको हो.
३) अन्य विरोध गर्नु पर्ने तेती ठूला कारणहरू छैनन,तर स्याना कारणहरू ,जस्तै धोएको न सुक्नु,बिजली न भएर प्रेस गर्नन पाउनु ,आदि केही कारणहरू छन.जस्ले गर्दा अनिवार्य ड्रेसको प्रावधानले कर्मचारीहरूलाई अफट्याराहरू पर्न सक्छन.
तर माथि उल्लिखित दुई कारणहरूनै पर्याप्त छन,र अनिवार्य ड्रेसको प्रावधान ,जति चाँडो हुन सक्छ फिर्ता हुनु पर्छ.

बडो अचम्म लाग्छ यो प्रावधान आयेको देखेर र कर्मचारीहरूलेपनि समर्थन गरेको देखेर.कतै यो क्रान्तिकारीहरूले ल्यायेकोत होइन ?उनीहरूले अरु केहि गर्न सक्तैनन देशको प्रगतिका लागि.नाम परिवर्तन गर्या जस्तै यो परिवर्तनपनि उनीहरूलेनै गर्दा आयेको हो कि यो नयाँ नेपालमा ?शंकै लाग्छ.
अर्को हास्यास्पद कुरात ड्रेसको लागि दियियेको ७५०० रू.हो.जुन हामीले पनि पाउनु पर्छ भनेर प्राध्यापकसंघले मांग गर्याछ रे.७५०० रू.को लागी ड्रेस लगाउने ?मेरोपनि ७५०० रू.लिएर जाउ र कृपया मलाई विश्वविद्यालयमा पनि ड्रेस अनिवार्य भयेकोछ न भन्नु.भयो भने संघ कै उपहास हुनेछ.